Home

Nepali Community

    • Nepali Unicode
    • Gallery
    • News
    • Forum
    • Photo Blog
    • Songs
    • Tech tips
    • Videos

Anna Stir & Rajesh Thapa

More Videos >>

Poll

How do you evaluate the current Nepal Government?:

Friend's sites


Your Links:
The Nepal USA
NepalBC News
Naya Nepal
Dhaka Topi
Sajha Chautari
Hamro Chat

Poems of Bhupi Sherchan

Poems by Bhupi Sherchan in Nepali Bhupi Sherchan : Kabita haru
Full Version: Bhupi Sherchan : Kabita haru
Help Search Member List
Nepali Community Forum - xNepali New Board
Pages: 1
जीवनको अँध्यारो सडकमा
जीवनको अँध्यारो सडकमा
सफलता
साइकलको डाइनमोबाट बल्ने बत्तीझैं लाग्छ
कि जबसम्म
गतिको पैडिलमाथि
मेरो खुट्टा चलिरहन्छ
मेरो पथमा यो बत्ती बलिरहन्छ
तर जसरी नै म थाक्छु
र मेरो खुट्टा रूक्छ
अन्धकार मेरो अगाडि आएर भुक्छ।

 जाग जाग अब जाग न जाग
लाग उन्नती बिशे अब लाग
घोर निद्रा अब ता परित्याग
भो भयो
अति सुत्यौ
अब जाग!!
प्रात: एक आघात

प्रत्येक दिन
चोरझैं सुटुक्क आएर
मलाई भोरले अलिकति निचोर्छ
व्यूझन्छु म किरणहरूको स्पर्शले
देख्छु प्राचीका नियमित रूपमा माझिएका
सेतासेता उज्जवल दाँत
हुन्छ मनको कुनै कुनामा
एक हल्का तर तीक्ष्ण आघात
आह! सकिंदै गइरहेछ मेरो जीवन
प्रत्येक दिन एक निश्चित मात्रामा टुथपेष्टझैं।
प्रजातन्त्र दिवस-


आज फागुन सात गते
प्रजातन्त्र दिबस
गर्व लाग्दो पर्व नेपालीको
एउटा ठुलो जुलुसले गरिरहेछ शहर परिक्रमा
बाटाभरि हिडिरहेछन सेता दौरा सुरुवालहरु
हेडमासटरको पछि पछि पसिना पुछ्दै बालहरु
चङ्गा झैँ उड्दैछन हावामा काला टापि
(विचारशून्य मस्तिष्कलाइ छोपी)
फर्फराइरहेछन्? जतासुकै काला कोटहरु
(जसभित्र छन्? सायद जुलुसपछि 'पप्लु' खेल्न राखेका नोटहरु)

आज फागुन सात गते
प्रजातन्त्र दिबस
गर्व लाग्दो पर्व नेपालीको
यहाँ केन्द्रमा मात्र हैन
अन्यत्र भइरहेको होला
प्रत्येक अञ्चलमा, हरेक जिल्लामा
जहाँ गर्दै होलान परिक्रमा
अलङ्?कृतहरु पट्टी मा बेरिएर
झुन्डिएर बिल्लामा
आज फागुन सात गते
प्रजातन्त्र दिबस
गर्व लाग्दो पर्व नेपालीको

आज प्रजातन्त्र दिबस
धेरै संख्या छ जुलुसेहरुको
तै पनि म सोच्नलाई र सोध्नलाई छु विवश
हो धेरै छ मान्छेहरुको गन्ती
तर खै दुल्हा?
जसको खुशिमा सम्मिलित भइ
हिँडिरहेछ यो जन्?ती!
आज फागुन सात गते
प्रजातन्त्र दिबस
गर्व लाग्दो पर्व नेपालीको
असार

दूर लाहुरबाट
लामो याद
र छोटो बिदा बोकेर
प्रत्येक वर्ष
दशैंमा घर फर्कने लाहुरेझैं
ह्रदयभरि सँगीसाथीको लागि प्यार बोकेर
झोलाभरि दिदीबहिनीहरूका लागि उपहार बोकेर
खल्तिभरि सोल्टिनीका लागि इन्द्रेणीको हार बोकेर
गुन्टा बोक्ने भरिया बादललाई
फकाएर फुलाएर
अघि-अघि
छिटो-छिटो पठाएर
पछि-पछि आफू
झुम्दै-झुम्दै
नाच्दै गाउँदै
बोटोभरि मादल बजाउँदै
बूटको आवाजले
आकाश घन्काउदै
हतार-हतार
चुहाउँदै पसिनाका धार
प्रत्येक वर्ष आउँछ असार।


हरिभक्त कटुवालको साह्रै राम्रो कबिता ---

रहर -

बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहा मरेका दिनहरुको।

खिया लागेका कलका पूर्जाहरु जस्तै
गणितका सूत्रहरु पनि साह्रै पुराना भैसके
रहर छैन मलाई बाँचिदिने
केवल इतिहासका पाना हरुमा,
मैले त बाच्नुपर्छ आउने दिनहरुमा
इतिहासभन्दा बढी अरु केही भएर
त्यसैले, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहा मरेका दिनहरुको।

फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ
बनिसकेको बाटामा हिड्नभन्दा
बाटो बनाउँदै हिड्न रहर लाग्छ।
इतिहासका ठेली होइन
एउटा कोदालो चाहिन्छ मेरो पाखुरालाई
योजना होइन
पैतालाले नाप्नु छ मैले प्रत्येक अग्ला टाकुरालाई
र गर्नु छ भुक्तान जम्मै
धरतीले बोकाएका ऋणहरुको
बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहा मरेका दिनहरुको।
भैरहवा

टाढा-टाढासम्म
जता हेर्यो उतै मैलो, फुस्रो धरती
उजाड, उदाङ्ग
आदिदेखि अन्तसम्म एकनास
न कतै गर्वले उठेको छ
न कतै विनम्रताले झिकेको छ
न कतै उन्मुक्त मनले खुलेको छ
न कतै जलाउँदै लुकेको छ
नखदेखि शिखसम्म
वक्ष, नितम्ब केही पनि विकसित नभएको
बाँझी तरूनीको आङजस्तो सपाट,
मुश्किलले तीस-चालिस
घरजस्ता घर
बाँकी कुभिन्डोका गाँड निस्केका
कुप्रा झुप्राहरू, डन्डीफोर झैं
यताउता जथाभावी बेढङ्ग उठेका,
मानिस
कोही पूर्वका
कोही पश्चिमका
कोही पहाड फाँटका
कोही भारतका, कोही भोटका
तर सब यहाँ भेला भएका छन्
खोजीमा हरिया नोटका
यहाँ मानिसहरू कानेखुसी गर्छन्
नोट गनेको कागजे आवाजमा
पुरानो मोहर बजाएको आवाजमा
यहाँ मानिस हाँस्तछन्
यहाँ घाम उदाउँछ
पसलहरूका ढिकभित्रबाट
र बहीखाताका जिल्ला अझै राता हुन्छन्
यहाँ घाम डुब्छ कन्तुरमा
र बहीखाताका पाताहरू पहेलिन्छन्
सन्ध्याकालीन क्षितिज झैं
टाढा-टाढा देखिन्छन्
बुटवलका डाँडाहरू केर-मेर केर-मेर
बहीखाताको सिरानीमा ?शुभलाभ? लेखिए झैं
यो ठाउँ
एउटा यस्तो घरमा बसेजस्तो
जहाँ न त भित्ता छन्
न खापा
न आँखा राख्ने झ्याल छ
न ह्रदय सजाउने गमला
न हाँसो उमार्ने बारी छ
न कतै मनोहर द्रश्य देखिन्छ
सुनिन्छ त फगत
ब्रोङ्काइटिस भएका ट्रकहरूको खोकी,
बस्ने उमेर भएका बसहरूको घ्यार्र घ्यार्र
लाहुरेहरूको बुटको आवाज
र मठ्याहा नेपाली बोली ?'अच्छा यार'
र देखिन्छ केवल
साँझमा
रिक्सा, साइकल, भट्टी र सडकमा
लाहुरेहरू र कान्छीहरूको मांसाहारी प्यार
उफ्! यो पट्याइलाग्दो ठाउँ
यो अत्यासलाग्दो ठाउँ,
जता हेर्यो उतै फुङ्ग उडेको
फुस्रो, न्यास्रो
भैरहवा
हिलोको तलाउबाट निस्केको
भैंसीको-'भै'
तावाको छुटेर जलेको रोटीको ?'र'
गालीजस्तो नरमाइलो तातो
हावाको-'हवा'।
घुम्ने मेच माथी अन्धो मान्छे -

दिनभरि
सुकेको बाँसझैँ
आफ्नो खोक्रोपनमाथि
उँघेर,
पछुताएर,
दिनभरि
रोगी मलेवाझैँ
आफ्नो छाती आफ्नै चुच्चोले ठुँगेर,
घाउहरु कोट्ट्याएर,
दिनभरि
सल्लाघारीझैँ एकलासमा
अव्यक्त वेदनाले सुँक्क सुँक्क रोएर,
दिनभरि
पाते च्याउझैँ
धरती र आकाशको विशालतादेखि टाढा
एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर,
एउटा सानो छाताले आफूलाइ ढाकेर,
साँझमा जब नेपाल खुम्चिएर काठमान्डौ
काठमान्डौ डल्लिएर नया सडक
र
नयाँ सडक असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर, टुक्रिएर,
अखबार चिया र पान को पसल बन्छ,
किसिम किसिमका पोशाकमा
ओहोर दोहोर गर्छन्? थरिथरिका हल्लाहरु,
फुल पारेको कुखुराझैँ कराउदै
हिँड्छन अखबारहरु
र
ठाउँ ठाउँमा अन्धकार पेटिमा उक्लिन्छ
मोटरहरुको प्रकाशदेखि तर्सेर,
अनि असंख्य मौरीको भुनभुन र डदाइदेखि आत्तिएर
म उठ्छु
न्यायको दिनमा प्रेतात्माहरु उठेझैँ
र
नपाएर बिस्मृतिको 'लेथे' नदी,
रक्सीको गिलासमा हामफाल्छु
र
बिर्सन्छु आफ्नो पूर्वकथालाई
पूर्वजुनी र मृत्युलाई
यसरी नै सधैँ
चियाको किटलिबाट एउटा सूर्य उदाउँछ।
मेरो चोक -

साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ
असङ्ख्य रोग छ,
केवल हर्ष छैन,
यहा त्यसमाथि रोक छ
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ

यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता,
यी दुबैथरीको निवास छ
तर यहाँ यी दुवैथरी उदास छन्
दुवैथरी निरास छन्
मानिस उदास छन्
किनकी तिनलाइ यहाँ
रात रातभरी उपियाँले टोक्छ
दिन दिनभरी रुपियाँले टोक्छ
र देवता उदास छन्
किनकी तिनलाइ यहाँ
न कसैले पुज्छ न कसैले ढोग्छ
त्यसैले यो चोकमा
देवता र मानिसले
एक अर्कालाई धिक्कार्दै
एकसाथ पुर्पुरो ठोक्छन्
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ
'भूपि' शेरचन
(व्यङ्ग्यात्मक self-portrait)

केही लेख्छन्
यसो हेर्छन्
चित्त बुझ्दैन
अनि केर्छन्
पुन: लेख्छन्
पुन: हेर्छन्
लामो सास फेर्छन्
कठैबरा, बिचरा
'भूपि' शेरचन !

---
[थोरै खान्छन्
धेरै हग्छन्
कठैबरा, बिचरा
कवि 'भूपि' शेरचन !]
मानी नभएको जिन्दगानी

आउँछन् जब किरण भोरका
झ्यालभित्र ज्वरको राप झैं
उठ्छु चूपचाप ओछ्यानबाट
घाममा सुकाएको गीलो कपडाको बाफ झैं
हराउँछु दिन-दिनभरि घरबाहिर
रक्सी पिएर बिर्सेको पाप झैं
रातको साथमा घर फर्कन्छु
नशा उत्रेपछिको पश्चात्ताप झैं
आह! यसरी बितिरहेछ जीवन
सन्निपातको रोगीको प्रलाप झैं।
ए जून!

मेरो जस्तै ए जून!
झूटो हो तिम्रो हाँसो पनि
फरक छैन तिम्रो र मेरो
भित्र-भित्र रोएर पनि बाहिरबाट हाँस्ने बानीमा
फरक यति मात्र छ हामी दुइटाको कहानीमा
कि तिमी रून्छौ र तिम्रो आँशु शीत बन्छ
म रून्छु र मेरो आँशु गीत बन्छ।
हामी

हामी जतिसुकै माथि उठौं,
जतिसुकै यताउति दगुरौं,
जतिसुकै ठुलो स्वरमा गर्जौं
तर, हामी फगत् पानीको थोपा हौं
पानीका निर्वलिया थोपा
जो सूर्यद्वारा माथि उचालिन्छौं
र बादल बन्छौं,
हावाको इशारामा यताउति दगुर्छौं
र आफूलाई गतिशील भन्ठान्छौं,
अनि एक चोटि माथि पुगेपछि
हामी आफ्नो धरतीलाई बिर्सन्छौ
र आफ्नो धरतीलाई
खोलालाई
बगरलाई उपेक्षापूर्वक
पालिएका कुकुर
झ्यालबाट गल्लीका कुकुरहरुलाई हेरेर भुलेझैँ
हामी भूक्तछौं
र आफ्नो कुकुर भुकाइलाई गर्जन भन्ठान्छौं
अनि अन्त्यमा एक दिन बर्सेर चकनाचुर हुन्छौं
र फेरि परिणत हुन्छौं पानीका थोपाहरुमा
निर्बलिया थोपाहरुमा
र कुनै इनार, खाडल वा पोखरीमा
कुहेर बिताउछौं बाँकी जीवन
टरे टरे टर्टराउने घिनलाग्दा भ्यागुताहरु पालेर,
बिष नभएका साँपहरु अँगालेर
हामी जतिसुकै माथि उठौ
जतिसुकैं यताउति दगुरौं
जतिसुकै ठुलो स्वरमा गर्जौ
तर, हामी भित्र-भित्रै खोक्रा छौं
हाम्रो उठाइको कुनै महत्व छैन,
हाम्रो दगुराइको कुनै लक्ष्य छैन,
हाम्रो गर्जनको
पानीमा फालिएको अगुल्टाको 'छवाइयँ' भन्दा बढी वजन छैन।
हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र-भित्र निरन्तर खिइँदै र घिस्सिँदै गइरहेका छौं
हाम्रो बाहिरको उचाइ झूटा हो,
भ्रम हो
अग्लो टाकुरामा उम्रिएका च्याउको उचाइभन्दा
यसको बढ्ता महत्व छैन
वा दुइटा अग्ला बाँस खुट्टामा बाँधेर हिँड्ने
भारतीय चटकेको उचाइभन्दा यसको बढी विशेषता छैन
अग्लो चुच्चे टोपी लगाई नाच्ने
सर्कसको जोकरको उचाइभन्दा यसको बढी विशेषता छैन
हामी बाहिरको उचाइमा रमेका छौ, लट्ठिएका छौं, फूलेका छौं
तर, हामीले आफ्नो आस्थाको द्वीपमा
निरन्तर खिइँदै र घिस्सिँदै गइरहेको कुरालाई भुलेका छौं
हीनतको सानो द्वीपमा पछारिएर
हामीले आफ्नो पूर्वस्मृति गुमाइसक्यौं
हामीले आफ्नो विगत उचाइलाई बिर्सिसक्यौं
हामीले मानिसको सामान्य उचाइलाई बिर्सिसक्यौं
हामीले मानिसको सामान्य उचाइलाई बिर्सिसक्यौं
त्यसैले जब कुनै सामान्य मानिस
कथामा वणिर्त 'गुलिभर' झै
आई पल्टन्छ हाम्रो आस्थाको द्वीपमा
हामी छक्क परेर उसलाई हेर्छौं
हामी उसलाई हेरेर छक्क पर्छौं
हामीलाई उसको उचाई देखेर आश्चर्य लाग्छ
हामीलाई आफ्नो पुड्काइ देखेर डर लाग्छ
र त हामी आफ्नो हीन चावनाका
सियो जत्रा स-साना हतियारहरुको उसमाथि
प्रहार गर्छौं
उसको अङ्ग-प्रत्यङ्गमा चढछौं
उफ्रन्छौं
टोक्छौं
चिमोट्छौँ
र अन्त्यमा थकित भएर तल ओर्लन्छौं
शान्त हुन्छौं
समर्पित हुन्छौं
र कुनै ठूलो चट्टानमाथि उर्लेर समुद्रको छालले
तर ओर्लेर त्यसको पाउ पखाले झैँ
हामी पुज्न थाल्दछौं त्यो साधरण मानवलाई
महान् भनेर
हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र-भित्रै निरन्तर खिइँदै गइरहेका छौं
हामी 'लिलिपुट' का मानव हौं।
हामी लघूमानव हौं।
हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफुखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्टायाई दिनुपर्ने,
हामी आफू खुसी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
हामी रङ्ग-रोगन छुटेका,
टुटेका, फुटेका
पुरानो क्यारमबोर्डका गोटि हौं
एउटा मानोरञ्जक खेलका सामाग्री,
एउटा खेलाडीमाथि आश्रित,
आफ्नो गति हराएका
एउटा 'स्ट्राइकर' द्वारा सञ्चालित
हो, हामी मानिस कम र बढ्ता गोटी हौं।
हामी वीर छौं
तर बुद्धू छौं
हामी बुद्धू छौं
र त हामी वीर छौं
हामी बुद्धू नभइकन वीर कहिल्यै हुन सकेनौं
हामी महाभारतको कथामा वर्णित एकलव्य हौं
प्रत्येक पिँढीको द्रोणाचार्यले हामीलाई उपेक्षा गर्छ
इन्कार गर्छ मान्न हाम्रो योग्यतालाई,
शक्तिलाई,
र अस्तित्वलाई
तर, हामी तिनै द्रोणाचायैको मूर्ति बनाउँछौं
आफ्नो झुप्रो अगाडि,
त्यसलाई पुज्छौ
ढोग्छौं
निरन्तर धनुर्विद्याको अभ्यास गर्छौं
र द्रोणचार्यका अन्य कुलीन
चेलाहरुभन्दा बढी कुशलता प्राप्त गर्छौं
तर, हाम्रो कुशलतादेखि आर्श्चर्यचकित
र भयभीत भई
प्रत्येक पिंढीमा द्रोणाचार्य हामीकहाँ आउँछ
र गुरु-दक्षिणा माग्छ
र हामी सहर्ष उसको इशारामा
आफ्नो बुढी औंला काटेर उसलाई भेटी दिन्छौं,
आफ्नो अस्तित्व मेटेर उसलाई समर्पित गछौं
र मक्ख पछौं आफ्नो गुरुभक्तिमाथि
आफ्नो आत्मशक्तिमाथि
त्यसैले हामी वीर त छौं
तर, बुद्वू छौं
हामी बुद्वू छौ
र त हामी वीर छौं
हामी बुद्वू नभइकन वीर कहिल्यै हुन सकेनौं
हामी कसैको मूर्ति स्थापना नगरीकन
वीर कहिल्यै हुन सकेनौं
हामी पाइतला हौं
केवल पाइतला
र फगत पाइतला
पाइतलाः जसको भरमा शरीर उभिन्छ
पाइतलाः जसको आधारमा शरीर हिँडछ
पाइतलाः तर जो भन्ठान्छ कि
शरीरले कृपा गरेर उसलाई पालिरहेछ
दया गरेर उसलाई सँग-सँगै हिँडाइरहेछ
मक्ख पर्छ शरीरको महान्तामाथि
र सधैँ सम्पूर्ण शरीरको भार सहन्छ
सधै शरीरको सबभन्दा तल रहन्छ
कहिल्यै शिर उचालेर माथि हेर्दैन
सधैँ-सधैँ नतमस्तक रहन्छ
हामी पाइतला हौ
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो निधारले टीका थाप्छ,
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो घाँटीले माला लाउँछ
हामी दौडमा प्रथम हुन्छौं
हाम्रो छातिले तक्मा टाँस्छ
हाम्रो टिका थाप्ने निधार अर्कै छ
हाम्रो माला लगाउने निधार अर्कै छ।
हाम्रो ताक्मा टाँस्ने छाती अर्कै छ,
हामी त फगत कसैको इसारामा
टेक्ने, हिँडने र दगुर्ने पाइतला हौं
केवल पाइतला
र फगत पाइतला।
हामी केही पनि होइनौं
र शायद त्यसैले केही हौं कि!
हामी कतै पनि, केही पनि छैनौं
र शायद त्यसैले कतै, केही छौं कि!
हामी बाँचिरहेका छैनौं
तर शायद त्यसैले पो बाँचेका छौं कि!
त्यसैले आओ ए शून्य पूजकहरु!
हामी सब मिलेर ढोगौं यो रिक्ततालाई
हाम्रो सब मिलेर ढोगौं यो रिक्ततालाई
हाम्रो अस्तित्वको यो देवतालाई।
ek Kavita






 १.
जहिले पनि भर्खरकी किशोरीजस्ती
साँच्चिकै तिमी हिमालकी छोरीजस्?ती
कुन्नि के छ तिमिमा जो अरुमा छैन
कि तिमिलाई जति पाए पनि थोरैजस्ती
२.
एकलास तिम्रो बाटोमा रमाइलो दिन सक्तिनँ म
तिमी थाकेर ढल्दा सहाराको हात दिन सक्तिन म
बर्सनै नपाइ डाँडा काटेको बादल मेरो यौवन
चाहेर पनि ए ओइलाउदी कली! बर्षात दिन सक्तिन म
नयाँ वर्ष (भूपि शेरचन)

नयाँ वर्ष नयाँ सरुवा भई आएको हुलाकेझैं
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिँडिरहेछ
भारी अल्छी पाइला सारेर
भित्ता-घडीको लङगूर हल्लिरहेछ उसको
पदचापले
ट्वाक्……ट्वाक्……..ट्वाक्……..ट्वाक्
निस्तेज भई आकाश पल्टेको छ
न्यास्रो अनुहार पारेर
बेमौसमको बर्षात
बेला-कुबेलाको वादलको गडयाङ-गुडुङ
आकाशलाई पखाला लागेको छ
विष्णुमतीको फोहर हैजे पानी पिएर
ट्वाँ
सहनाइको बेसुरा ध्वनिबाट निस्किरहेका छन्
हैजाका असङ्ख्य अदृश्य कीटाणुहरु
मध्यान्ह दिन
चर्को घाम
सारा रुखहरुले आफ्नो आङ कन्याइरहेका छन्
फेरि एकचोटि
नयाँ वर्षआएको छ
फेरि एकचोटि
भित्ताको नयाँ क्यालेण्डरमा
आफ्नो जीवनको भिसा झुण्डयाउनु छ
फेरि एकचोटि
सँगी साथीहरुको सूचि बनाउनु छ
फेरि एकचोटि
भयानक बमहरु बोकेर, उडिरहेका हवाइजहाज
र रकेटमुनि बसेर
लेख्नु छ प्रियजनहरुको नाममा
सफलता, शान्ति र दीर्घायुको शुभकामना-पत्र ।

Desi Models

  • Nandini Jumani Wallpapers
  • Kajal - Hot South Indian Actress
  • Salman khan kissing Aishwarya rai - Rare shot
  • Indian Actresses - without make-up (You would rather not see)
  • Sunny Leone in salwar kamiz (rare photos)
more

Photo blog / host

  • Eat Healthy - knitted fruits
  • Child Bear
  • Buddha Boy - Ram Bahadur Bomjan
  • Laxmi Prasad Devkota - Nepali Mahakabi
  • Unwanted uncared letterbox
more

Information

Nepali Movies
Photo Gallery
Tech Tips
Xnepali Discussion Board

Photogrpahy

  • Re: Nepali girls
  • Re: Nepali girls
  • Re: Nepali girls
  • Re: Sexy Nepali models Collection ~ 60 K visits ~
  • Re: Sexy Nepali models Collection ~ 60 K visits ~
more

Navigation

  • Contact
  • Recent posts
  • Search
  • Feed aggregator
    • Categories
      • Forum
      • Nepal News
      • Photogrpahy
      • Weird and Funny
    • Sources

Forum statistics

Forum Stats 59109 Posts in 5777 Topics by 3154 total members
Latest Member
anum
Recent Posts
[More Stats]

Nepali Music Blog
Desi Mujra

Your link here

Nepalnews
DC Nepal
Kantipur online

xNepali