Nepal News
तीन समाचारका तीन टिप्पिण
१– डा बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन गर्न भारतले दवाव दिएको पार्टी अध्यक्ष प्रचन्डको भनाई सार्वजनिक भएपछि हतारिएर माओवादीले माओवादी नेतृत्वमा सरकार बने त्यसको नेतृत्व पार्टी अध्यक्ष प्रचन्डले नै गर्ने निर्णय गरेछ । सोमवार पार्टीको भातृ संगठनको सभामा बोल्नेक्रममा भारतले बाबुरामलाई प्रधानमन्त्री बनाउन दवाव दिईरहेको सार्वजनिक गरेर हल्का राजनीतिक तरगं ल्याएका प्रचन्डले पार्टीको मंगलवार आकस्मीक [...]
Categories: Nepal News
सत्तापक्षबाटै सुजाताको राजीनामा माग
काठमाडौं, पुस २१ (नागरिक)- सत्तापक्षकै सभासद्हरूले संघीयताविरुद्ध अभिव्यक्ति दिने उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको राजीनामा माग गरेका छन्। संसद्को विशेष समयमा बोल्ने सत्तापक्ष एमाले, फोरम (लोकतान्त्रिक), तमलोपा, सद्भावना (आनन्दीदेवी) लगायतका सभासद् र प्रमुख प्रतिपक्ष माओवादीका सभासद्हरूले राजीनामा मागेका हुन्।
Categories: Nepal News
सरकारको नेतृत्व अध्यक्षले गर्ने माओवादी निर्णय
उजिर मगर, काठमाडौं, पुस २१-एकीकृत नेकपा माओवादीले पार्टीको नेतृत्वमा सरकार बने त्यसको नेतृत्व अध्यक्ष पुष्पकमल दाहालले गर्ने निर्णय गरेको छ। उपाध्यक्ष बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन भारतले दबाव दिएको भन्ने दाहालको भनाइ सार्वजनिक भएपछि मंगलबार बसेको माओवादीको आकस्मिक केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो।
Categories: Nepal News
सर्वोच्चको आदेशविरुद्ध तोरण रथी कै जिम्मेवारी निर्वाह गर्दै
काठमाडौं, पुस २१ (नागरिक)- सर्वोच्च अदालतले तोरणजंगबहादुर सिंहको बढुवा प्रक्रिया आगामी आइतबार अर्को निर्णय नभइञ्जेल क्रियाशिल नगर्न अन्तरिम आदेश जारी गरे पनि सोमबार दिनभर सिंह रथीकै जिम्मेवारी निर्वाह गरेका छन्।
Categories: Nepal News
भट्टराईलाई प्रधानमन्त्री बनाउन भारतले दबाब दिइरहेको दाहालको खुलासा
भोजराज भाट, ललितपुर, पुस २०- बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाए समस्या समाधान हुने प्रस्ताव भारतले राख्दै आएको एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्तामाझ खोलिदिएका छन्।
Categories: Nepal News
प्रधानमन्त्रीले कान्छो भाइलाई पनि नियुक्ति दिए
बलराम बानियाँ, काठमाडौं, पुस २१ - प्रधानमन्त्री माधवकुमार नेपालले कान्छा भाइ सरोजकुमार उपाध्याय नेपाललाई महत्वपूर्ण राजनीतिक नियुक्ति दिएका छन्। उनले प्रधानमन्त्री कार्यालय मातहतमा उच्चस्तरीय निरीक्षण तथा अनुगमन समिति गठन गरी भाइलाई राजनीतिक नियुक्ति दिएका हुन्।
Categories: Nepal News
भारतीय सेनाध्यक्षको भनाइ बङ्ग्याइयो : दूताबास
काठमाडौ,पुस २० (नागरिक) - नेपालस्थित भारतीय राजदूताबासले माओवादी लडाकुको समायोजन सम्बन्धमा भारतीय सेनाध्यक्ष दीपक कपूरले व्यक्त गरेको धारणालाई सञ्चार माध्यमले बङ्ग्याएर प्रकाशित गरेको आरोप लगाएको छ। भारतीय दूताबासले सोमबार वक्तव्य जारी गर्दै कपुरको भनाइ भनी प्रचार गरिएको वक्तव्य भारत सरकारको आधिकारिक धारणा नभएको पनि उल्लेख गरेको छ।
Categories: Nepal News
सचिवद्वय शर्मा र बरालद्वारा राजीनामा
काठमाडौं, पुस २० (नागरिक)- सरकारका दुई सचिव उदयराज शर्मा र निरञ्जन बरालले पदबाट राजीनामा दिएका छन्। वातावरण मन्त्रालयका सचिव शर्माले पुस २० र काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख बरालले गत शुक्रबारदेखि नै लागू हुने गरी राजीनामा दिएका हुन्।
Categories: Nepal News
लडाकु बहिर्गमन बिहीबारदेखि
बस भाडा र बाटो खर्च मात्र दिइने
काठमाडौं, पुस २०- अनमिनको प्रमाणीकरणमा अयोग्य ठहरिएका माओवादी लडाकुको बहिर्गमन प्रक्रिया बिहीबारदेखि हुने भएको छ। अयोग्य लडाकु बहिर्गमन तथा पुनःस्थापनासम्बन्धी निर्देशक समितिको आज बसेको बैठकले यो प्रक्रिया सिन्धुलीको शिविरबाट गर्ने निर्णय गरेको छ।
काठमाडौं, पुस २०- अनमिनको प्रमाणीकरणमा अयोग्य ठहरिएका माओवादी लडाकुको बहिर्गमन प्रक्रिया बिहीबारदेखि हुने भएको छ। अयोग्य लडाकु बहिर्गमन तथा पुनःस्थापनासम्बन्धी निर्देशक समितिको आज बसेको बैठकले यो प्रक्रिया सिन्धुलीको शिविरबाट गर्ने निर्णय गरेको छ।
Categories: Nepal News
पूर्व एआईजी बराल अख्तियार आयुक्त सिफारिश
काठमाडौँ, पुस २० (नागरिक)- संवैधानिक परिषद्को आजको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त आयुक्त पदमा पूर्व एआईजी केशव बराललाई सिफारिश गरेको छ। नेपाल प्रहरीका पूर्व एआईजी बराल बामदेव गौतम गृहमन्त्री हुँदा ३० वर्षमा अवकास पाउने नियम लागू भएपछि प्रहरी सेवाबाट बाहिरिएका थिए।
Categories: Nepal News
‘नागरिक’ले पीत पत्रकारिता गर्योः माओवादी अध्यक्ष दाहाल
काठमाडौँ, पुस ९ (नागरिक)- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बुधबारको 'नागरिक' दैनिकमा छापिएको विशेष सम्पादकीयलाई 'पीत पत्रकारिता' को संज्ञा दिएका छन्। 'मेरो भाषणको सारको यो भन्दा नराम्रो तोडमोड, यो भन्दा भद्दा निश्कर्ष अरु हुनै सक्दैन। वार्ता गर्छु भनेर मैले भनेको कुरालाई तोडमोड गर्नु वास्तवमा मेरो विचारमा पीत पत्रकारिता भयो', बुधबार बीबीसी नेपाली सेवाको 'नेपाल सन्दर्भ' कार्यक्रमलाई अन्तर्वार्ता दिँदै दाहालले भने।
Categories: Nepal News
ल प्रचन्डको कुरो पत्रकारले बुझेनन रे
हरे अब यि माओवादीले बोलेको कुरा बुझ्नलाई शब्दकोष बोकेर यो शब्दको गहन अर्थ के रहेछ भनेर खोजेर लेख्नुपर्ने भयो । भाषण सुनेपछि यो शब्दको गहन अर्थ के होला कामरेड भनेर सोधेर मात्र लेख्नुपर्ने भयो । कालो भने भने पनि कमरेड कालोको गहन अर्थ के होला भनेर सोध्ने अनी सेतो भनेमा पनि सेतोको गहन अर्थ खोज्ने [...]
Categories: Nepal News
कोरिया कामदार पठाउनेमा नेपाल उत्कृष्ट
विज्ञान शर्मा, काठमाडौं पुस ८- रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा कामदार पठाउने मुलुकमा नेपाल उत्कृष्ट भएको छ। इपिएस अन्तर्गत अहिले कोरियामा १५ मुलुकले आफ्ना नागरिक कोरिया पठाइरहेका छन्।
Categories: Nepal News
दाहालको भनाई राष्ट्रघातीः एमाले
माओवादीको भनाई घातक : प्रधानमन्त्री-
काठमाडौं, पुस ८ (नागरिक) - नेकपा (एमाले)ले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्ति राष्ट्रघाती भएको औंल्याउँदै भर्त्सना गरेको छ। बुधबार बसेको पोलिटव्युरो बैठकले दाहालको 'अब दिल्लीसँग वार्ता' भन्ने भनाई राष्ट्रवादको नाराभित्र लुकेको राष्ट्रघाती अभिव्यक्ति भएको ठहर गरेको छ।
काठमाडौं, पुस ८ (नागरिक) - नेकपा (एमाले)ले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्ति राष्ट्रघाती भएको औंल्याउँदै भर्त्सना गरेको छ। बुधबार बसेको पोलिटव्युरो बैठकले दाहालको 'अब दिल्लीसँग वार्ता' भन्ने भनाई राष्ट्रवादको नाराभित्र लुकेको राष्ट्रघाती अभिव्यक्ति भएको ठहर गरेको छ।
Categories: Nepal News
अब संसदभित्रै आन्दोलनः माओवादी
५ महिनापछि आजदेखि संसद चल्यो-
काठमाडौँ, पुस ८ (नागरिक)- एकीकृत नेकपा माओवादीले संसदीय आन्दोलनको स्वरुप फेर्दै अब संसदभित्रै आन्दोलन गर्ने बताएको छ। माओवादीको संसदीय दलको बुधबार बिहान बसेको बैठकले आजदेखि संसद एकपक्षीय रुपमा चल्न दिने औपचारिक निर्णय गरेको हो।
काठमाडौँ, पुस ८ (नागरिक)- एकीकृत नेकपा माओवादीले संसदीय आन्दोलनको स्वरुप फेर्दै अब संसदभित्रै आन्दोलन गर्ने बताएको छ। माओवादीको संसदीय दलको बुधबार बिहान बसेको बैठकले आजदेखि संसद एकपक्षीय रुपमा चल्न दिने औपचारिक निर्णय गरेको हो।
Categories: Nepal News
दलहरुले बाँडेका पैसा ३ दिनभित्र फिर्ता गर्न अल्टिमेटम
गजेन्द्र बोहरा, दाङ पुस ८- नगर विकास समितिको १० लाख ५६ हजार रुपैंयाँ भागबण्डा गरेका बोर्ड प्रतिनिधिलाई स्थानीय सङ्घर्ष समितिले ३ दिनभित्र सबै रकम फिर्ता गर्न समयसीमा दिएको छ। एक महिनासम्म भागबण्डा प्रकरणमा मुछिएका सबै आरोपीसँग छलफल सकेर सङ्घर्ष समितिले आरोपीलाई उक्त समयसीमा दिएको हो।
Categories: Nepal News
वाइसिएलद्वारा नुवाकोटका कङ्ग्रेस नेतालाई मार्ने धम्की
नुवाकोट, पुस ८- नेपाली कङ्ग्रेस, नुवाकोटका जिल्ला सदस्यलाई वाइसिएलका कार्यकर्ताले मार्ने धम्की दिएका छन्। पत्रकारलाई समाचार दिएकोमा आपत्ति जनाउँदै मोबाइलमा फोन गरी आफूलाई वाइसिएल बताउने एक जनाले बारम्बार फोन गरेर ७ दिनभित्र मार्ने धम्की दिएको विनोद पाठकले बताए।
Categories: Nepal News
Third Phase of Maoist Agitation Ends With a Threat to India
By Kamal Raj Sigdel
Maoists Want Talks with India: The United Communist Party of Nepal- Maoist (UCPN-M) wrapped up its third phase of protests and declared a fourth one today (Tuesday) concluding that there was no point in holding talks with local parties since they were all controlled by New Delhi. It was more meaningful to [...]
Categories: Nepal News
दाहालको भनाइ विदेशी हस्तक्षेप निम्त्याउने प्रयास : दलहरु
गोविन्द परियार, काठमाडौं, पुस ७ - माओवादी अध्यक्ष पुष्पकमल दाहालको दलहरुसँग नभई सिधै दिल्लीसँग वार्ता गर्ने भन्ने अभिव्यक्तिले विदेशी हस्तक्षप निम्त्याउन खोजेको भन्दै दलका नेताहरुले चर्को टिप्पणी गरेका छन्। कांग्रेस उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेलले दाहालको दिल्लीसँग सिधै वार्ता गर्ने भन्ने अभिव्यक्तिले माओवादीको हताश मनस्थीति प्रतिविम्वित भएको टीप्पणी गरे।
Categories: Nepal News
सबै कुरो दिल्ली भरोसे
वार्ता त्यत्तिकै पनि हुन्न रे । त्यसमा पनि माओवादी सर्तहरु रहेछन । सर्तहरु चै उसले कहिले समात्ने कहिले छोड्ने गरेका विषयहरु कालापानीवाट भारतिय सेना हटाउनुपर्नेअसमान सन्धी सम्झौता खारेज हुनुपर्ने अनी सिमा समस्या समाधान गर्नुपर्ने रे । भारतले यत्ति गर् यो भने बल्ल माओवादी भारतसंग वार्तामा बस्ने रे ।
सरकार दिल्लीवाटै चलेकाले अब यो सरकारसंग सहमतिको कुरो गर्नु [...]
Categories: Nepal News



